बन्दीपुरमा झै–झगडामा चिर्पट प्रहार गर्दा एक जनाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा भएको झै–झगडामा एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बन्दीपुरका अनुसार मङ्गलबार राति करिब ८:१५ बजेतिर सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङ र ५८ वर्षीय खुसीमान गुरुङबीच मादक पदार्थ सेवन पश्चात वादविवाद हुँदा झै–झगडा भएको थियो। सो क्रममा खिमबहादुर गुरुङले चिरपट प्रहार गरी खुसीमान गुरुङलाई घाइते बनाएका थिए।

घाइते गुरुङको टाउको र दाहिने खुट्टामा चोट लागेर अवस्था मध्यम रहेको बताइएको थियो। उनलाई उपचारका लागि बन्दीपुर अस्पताल ल्याइएपछि प्राथमिक उपचार पश्चात थप उपचारका लागि राति ८:५५ बजे मणिपाल अस्पताल पोखरा पठाइएको थियो।

तर मणिपाल अस्पतालमा CT-Scan मेसिन बिग्रिएको कारण उनलाई फिस्टेल अस्पताल, पोखरा स्थानान्तरण गरिएकोमा राति करिब १०:५५ बजे उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकको शव हाल गण्डकी अस्पताल पोखराको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

यस घटनामा संलग्न खिमबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker