निषेधाज्ञाले सुनसान दमौली (फोटोफिचर)

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण दर बढ्दै जानुका साथै संक्रमणको जोखिम उच्च बन्दै गरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार राति १२ बजेदेखि जारी गरेको निषेधाज्ञाका कारण सुनसान बनेको दमौली बजार क्षेत्र ।

निषेधाज्ञाका कारण जिल्लाको आँवुखैरेनी, डुम्रे, भन्सार, दमौली, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रे, भिमाद लगायतका साना ठूला बजार क्षेत्र बन्द रहेका थिए ।
राजमार्ग तथा भित्रि सडक खण्डहरुमा अत्यावश्यक बाहेक अन्य सवारी साधान चलेका थिएनन्।
तनहुँ प्रशासनले वैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
तस्विर : निशा थापा मगर/भञ्ज्याङ










