मादी नदीमा निर्माणाधिन चार लेनको पुल

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको दमौलीस्थित मादी नदीमा निर्माणाधिन चार लेनको पक्कि पुल । गत असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने म्याद रहेपनि काम नसकिएपछि तीन सय दिन म्याद थप गरिएको मुग्लिन पोखरा सडक योजना -पूर्वी खण्ड)ले जनाएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम करिब ८६ प्रतिशत सकिएको र आगामि वैशाख १६ गतेसम्म म्याद थप गरिएको छ ।

उक्त पुल निर्माणका लागि वि.सं. २०७९ साउन २६ गते अन्नक जेडआइष्टी जेभीसँग सम्झौता भएको थियो । ३१५ मिटर लामो पुलमा छ वटा स्पान रहनेछ भने रु एक अर्ब २१ करोड भ्याट सहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको बताइएको छ । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको चार लेनको पुल हुने र हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुल भन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ । तस्विर : आलोक राज कुमाल/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker