कुश्मावती माविमा विद्यार्थी अभिभावक उत्प्रेरणा कार्यक्रम

विद्यार्थी तथा अभिभावकलाई शैक्षिक गतिविधिमा सक्रिय सहभागिता जनाउनका लागि तनहुँको शुक्लागण्डकी–७ सेराटारस्थ्ति कुश्मावती माध्यमिक विद्यालयले एक दिवसिय विद्यार्थी अभिभावक उत्प्रेरणा कार्यक्रम गरेको छ ।
अभिभावकहरुलाई उनिहरुको जिम्मेवारीवारे जानकारी गराई अभिभावक तथा वालवालिका विचको सम्वन्ध कायम गर्नुका साथै आफ्ना विद्यालय जाने छोराछोरीको शैक्षिक गतिविधिमा चासो तथा रुचि जगाउनका लागि उत्प्रेरणा कार्यक्रमको आयोजना गरीएको विद्यालयका प्रधानाध्यापक सिता कुमारी गिरिले वताईन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज गुरुङ्गको अध्यक्षतामा भएको कार्यकम वडा अध्यक्ष खड्ग सिंह थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी तथा कुशल उत्प्रेरक सुस्मा पौडेलले अभिभावक तथा विद्यार्थीहरुलाई सहजिकरण गरेकि थिइन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker