शुक्लागण्डकी नगरपालिकाद्वारा अपाङ्गता परिचयपत्र वितरण

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकाले थप ८ जनालाई अपाङ्गता परिचय पत्र प्रदान गरेको छ । अपाङ्गता परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७६ अनुसार क वर्गका तीन जना, ख बर्गका तीन जना र ग वर्गका २ गरी ८ जनालाई परिचयप्रत्र वितरण गरिएको शुक्लाण्डकी नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेलले जानकारी दिइन् ।

निर्देशिका बमोजिम पुर्ण अशक्त भएकाहरु क वर्ग, अति अशक्त ख वर्ग, मध्यम अशक्त ग वर्ग र सामान्य अपाङ्गता भएकाहरुलाई घ वर्गमा समेटिने र क वर्गमा पर्नेहरुलाई रातो, ख वर्गकालाई निलो, ग वर्गकालाई पहेलो र घ वर्गकालाई सेतो रंगको परिचय प्रदान गरिएको पोख्रेलले बताइन् ।

उनका अनुसार क वर्गमा पर्नेहरुलाई सरकारले मासिक चार हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ भने ख वर्गकालाई २ हजार ६६० रुपैयाँ भत्ता दिने गरेको छ । ग र घ वर्गको परिचयपत्र प्राप्त गरेकाहरुलाई लोक सेवा आयोगमा छुट्टै आरक्षण कोटाको व्यवस्था र सरकारी सेवा तथा उपचारमा सहुलियतको व्यवस्था समेत गरेको छ ।

पोख्रेलले नगरपालिकासम्म आउन नसक्नेको घरमै पुगेर परिचयपत्र समेत प्रदान गरिने बताइन् । उनका अनुसार शुक्लागण्डकी नगरपालिकामा रातो कार्ड पाउने १६७ जना, निलो कार्ड पाउने २६८ जना, पहेँलो कार्ड पाउने १४५ र सेतो कार्ड पाउने ८२ गरी कुल ६ सय ६२ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker