जबरजस्ती करणी गरेको अभियोगमा भानुबाट एक जना पक्राउ

भञ्ज्याङ न्यूज

जवरजस्तीकरणी गरेको अभियोगमा तनहुँको भानु नगरपालिकाबाट एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार विहान ४ बजे भानु-२ बाह्रबिसेबाट उक्त व्यक्तिलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

करिव ३५ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा संखुवासभा चैनपुर नगरपालिका-२ महिमका ४० वर्षीय शिव न्यौपानेलाई पक्राउ गरिएको खड्काले बताए ।

पीडित महिला डुम्रे-बेशीशहर सडकखण्ड विस्तार आयोजनाको लेवर क्याम्पमा बस्दै आएकी थिइन् । प्रहरीका अनुसार सोही क्याम्पका ठेकेदार न्यौपानेले जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी परेपछि पक्राउ गरेको हो ।

उक्त घटनाका सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker