नेपाल पत्रकार महासंघ तनहुँका नयाँ कार्यसमितिको पदस्थापन

दमौली । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको नवनिर्वाचित कार्यसमितिको शुक्रबार पदस्थापन गरिएको छ । गत मंसिर २८ गते सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्वाचित डिपी अधिकारी नेतृत्वको कार्यसमितिको पदस्थापन गरिएको हो ।

अध्यक्ष उज्वल पौडेलले नवनिर्वाचित अध्यक्ष अधिकारीलाई पद हस्तान्तरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पछिल्लो समय पत्रकारिता क्षेत्रमा संकटको वातावरण उत्पन्न भएकाले पत्रकारिता विश्वासिलो हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान केन्द्रीय सदस्य प्रदीप काफ्ले र पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलले तनहुँमा सञ्चारकर्मीबीच सधैं एकता रहेकाले त्यसलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा निर्वाचन प्रबन्ध समितिका संयोजक कमलामोहन वाग्लेले निर्वाचित पदाधिकारी, सदस्य, संघीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यलाई प्रमाणपत्र वितरण गरे । निवर्तमान अध्यक्ष पौडेलले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

यस्तै, निर्वाचित समितिको शुक्रबार पदस्थापन पश्चात् बसेको पहिलो बैठकले शाखाका सम्पूर्ण सदस्यहरुको तीन वर्षका लागि पारिवारिक स्वास्थ्य बीमा गराउने निर्णय गरेको छ ।

बैठकले महासंघको सल्लाहकारमा अध्यक्षका निकटम प्रतिस्पर्धी नारायण खड्का, निवर्तमान अध्यक्ष उज्ज्वल पौडेल र पूर्व अध्यक्ष ओमकार आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको शाखाका सचिव कृष्ण न्यौपानेले बताए ।

बैठकले पत्रकार महासंघमा सञ्चारकेन्द्र स्थापना र अतिथिगृह निर्माण गर्ने निर्णय गरेको बैठकमा शाखाका अध्यक्ष डिपी अधिकारीले महासंघको संस्थागत विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker