प्रदेश प्रमुखलाई वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण

  • भञ्ज्याङ समाचारदाता (पोखरा)

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ। आइतबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुख शेरचनलाई आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्रतिवेदनबारे जानकारीसहित हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेश प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भएपनि प्रयोगमा ल्याउन नसकिएको बताए। प्राकृतिक स्रोतसाधनको उत्खनन तथा प्रयोगमा प्रदेश सरकारले चासो दिनुपर्ने बताउँदै उनले प्राकृतिक स्रोतसाधन प्रयोगमा ल्याउन सकिए रोजगारी सिर्जना हुने उल्लेख गरे ।

प्रतिवेदन बुझाउँदै आयोगका सदस्य गुरुङले गण्डकी प्रदेशभित्र रहेका प्राकृतिक स्रोतसाधनको पहिचानमा आयोगले विशेष ध्यान दिएको बताए । संवैधानिक व्यवस्था अनुसार संघ, प्रदेश र स्थानीय तहमा वित्त हस्तान्तरण तथा प्राकृतिक स्रोतसाधन बाँडफाँडमा आयोग अघि बढेको भन्दै उनले आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker