अरिदेव नेवा मिसा पुचःको नयाँ कार्यसमिति सर्वसम्मत चयन
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

अरिदेव नेवा मिसा पुचः दुलेगौँडाको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशनले लक्ष्मीकुमारी श्रेष्ठको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शोभा श्रेष्ठ, सचिवमा शर्मिला श्रेष्ठ, सहसचिवमा इश्वरी कायस्थ श्रेष्ठ, कोषाध्यक्षमा मनिषा श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा शोभा श्रेष्ठ, शान्ता श्रेष्ठ, निरु श्रेष्ठ, विर्सना श्रेष्ठ, तेजमाया श्रेष्ठ, उषा श्रेष्ठ, पम्फा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ चयन भए । लेखा समितिमा गोमा श्रेष्ठ (संगीता) संयोजक र पुष्पा श्रेष्ठ र विन्दु श्रेष्ठ सदस्य रहेका छन् ।
यसअघि संस्थाका अध्यक्ष इश्वरीकुमारी श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अरिदेव नेवा कोषका पुर्व अध्यक्ष एवं सल्लाहकार मानकुमार तिम्ला, पुर्वअध्यक्ष आनन्द सुन्दर श्रेष्ठ, रुद्रकुमार श्रेष्ठ, पम्फा श्रेष्ठ, ज्ञाननारायण श्रेष्ठ, शान्ता श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष शर्मिला श्रेष्ठले आर्थिक प्रतिवेदन र सचिव शोभा श्रेष्ठले कार्यक्रमको संचालन सहित वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । हराउन लागेका हिन्दु धर्म भित्रका संस्कार र संस्कृतिहरु जगेर्ना गर्ने उद्देश्यले कर्मकाण्ड तालिम शुरु भएको छ । विश्वहिन्दु महासंघ नेपाल शुक्लागण्डकी नगर कार्य समितिको आयोजनामा दुलेगौँडास्थित पुल चोकमा बिहीबारदेखि तालिमको शुभारम्भ गरिएको हो ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले तालिमको उद्घाटन् गरेका हुन् । सो अवसरमा प्रमुख गुरुङले धर्म, संस्कार र संस्कृति पहिचान भएको बताए । उनले पहिचान मेटिन नदिनका लागि आफ्नो भाषा र धर्म बिर्सन नहुनेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष नारायण घिमिरेले जन्मदेखि मृत्युसम्मका सवै धार्मिक संस्कारका आधारभुत विषय तालिममा सिकाइने बताए । सवै उमेर समुह, जाती, समुदाय र महिला पुरुष दुवैलाई लक्षित गरी तालिम आयोजना गरिएकाले जो इच्छुक छन् उनीहरु सहभागी हुन सक्ने अध्यक्ष घिमिरेले जानकारी दिए । ‘यसअघि दिइएका कर्मकाण्ड तालिमहरु निकै प्रभावकारी भएकाले माग अनुसार नै तालिम राखिएको हो’-उनले भने ।
कार्यक्रममा विश्वहिन्दु महासंघ नेपाल कास्की जिल्ला अध्यक्ष पार्वता पौडेल, शुक्लागण्डकी ९ का वडाध्यक्ष लोक नारायण श्रेष्ठ, धर्मशास्त्री ठाकुरप्रसाद शास्त्री, नागरिक समाजका अध्यक्ष खेमराज खनाल, आर्दश समाजका अध्यक्ष पदमबहादुर बानियाँ, कृष्णप्रसाद पौडेल, विष्णुबहादुर परियार लगायतले हिन्दु धर्म संरक्षण जोड दिए ।
कार्यक्रममा सल्लाहकार लक्ष्मी सिग्देलले स्वागत, हरिाज अधिकारीले धन्यवाद ज्ञापन र सचिव पदमराज बरालले कार्यक्रमको संचालन गरेका थिए । निःशुल्क हुने तालिममा ३६ जनाले नाम टिपाएको महासंघले जनाएको छ । आगामी चैत्र ३० गतेसम्म हरेक दिन मध्याहृन्न १२ बजेदेखि १ः३० बजेसम्म संचालन हुने अध्यक्ष घिमिरेले बताए ।










