सबल कांग्रेस निर्माणको अभियान : सभापति आले
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेस तनहुँका नवनिर्वाचित सभापति जितप्रकाश आलेले आफु सबल कांग्रेस निर्माणको अभियानमा हिडेको र यसमा सबैलाई सरिक हुन आग्रह गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति र्सार्वजनिक गर्दै आलेले एकतावद्ध र सबल तनहुँ कांग्रेस बनाउन अभियानमा सहभागि हुन सबैलाई अनुरोध गरेका छन् ।
लोकतान्त्रीक पार्टीमा आवधिक निर्वाचन मार्फत् नेतृत्व चयन हुनुलाई स्वभाविक प्रक्रियाको रुपमा आत्मसात गर्नुपर्ने बताउँदै उनले सबल कांग्रेस बनाउने अभियानमा उपविजेताको रुपमा रहनुभएका साथीहरुले पार्टीमा पुर्याउनुभएको योगदालाई कांग्रेस तनहुँले आगामी दिनमा उचित मूल्याङ्कन गरी एकताबद्ध बनाई अभियान चलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै, आलेले अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने निवर्तमान सभापति बैकुण्ठ न्यौपाने लगायतका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु, निर्वाचन अधिकृत फणिन्द्र कोइराला लगायत मतदान केन्द्र र मतगणनामा खटिने सुरक्षाकर्मी, पत्रकार लगायत क्षेत्रीय प्रतिनिधिलाई धन्यावन ज्ञापन गरेका छन् ।