तनहुँको व्यास-३ मा वृक्षारोपण
भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिका र डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा व्यास-३ मा वृक्षारोपण गरिएको छ । व्यास नगरपालिकाद्वारा निर्मित खुल्ला चौरभित्रको पार्कमा म्यागोंस्टिम विरुवा रोपिएको हो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, व्यास नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत डिल्लीराम सिग्देल, डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले लगायतले वृक्षारोपणको महत्वको चर्चा गर्दै वृक्षारोपण गरेका थिए । उनिहरुले दमौली बजारको सुन्दरता बृद्धि गर्न यो वृक्षारोपण कार्यक्रम लाभदायक हुने पनि विश्वास व्यक्त गरे ।
पार्कको भित्री किनारामा करिब ३५ वटा म्यांगोस्टिनका विरुवा रोपण गरिएको छ । खुला मैदानको संरक्षणसँगै हेर्दा पनि आकर्षक र हराभरा पार्ने उद्देश्यका साथ वृक्षारोपण गरिएको बताइएको छ ।










