थानीमाई मन्दिरको पहुँचमार्ग स्तरोन्नति गरिने

भानु : तनहुँको भानु नगरपालिका–७ वसन्तपुरमा रहेको प्रसिद्ध धार्मिकस्थित थानीमाई मन्दिरको पहुँचमार्गको स्तरोन्नति गरिने भएको छ । भानु नगरपालिकाले वडा नं. ७ को वडा कार्यालयमा मंगलबार पाँचौ कार्यपालिका बैठक आयोजना गरी थानीमाई मन्दिरको पहुँचमार्गको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख आनन्दराज त्रिपाठीसहित कार्यपालिकाका सदस्यहरुले प्रसिद्ध थानीमाई मन्दिरको दर्शन गरी श्रद्धालु भक्तजनका गुनासा सुनेका थिए । नगरपालिकाको स्वास्थ्य शाखाले थानीमाई दर्शनार्थीका लागि उपलब्ध गराइरहेको निःशुल्क प्राथमिक उपचार सेवाको समेत कार्यापालिका सदस्यको टोलीले निरीक्षण गरेको थियो ।

कार्यपालिका बैठकमा नगर प्रमुख त्रिपाठीले थानीमाई मन्दिर क्षेत्रमा पछिल्लो समय तीव्र रूपमा बढ्दो श्रद्धालुको आवागमनका बीच त्यहाँका विभिन्न पहुँचमार्गहरू समयमै स्तरोन्नति नहुँदा स्थानीयवासी र भक्तजनले भोग्नु परेको समस्या कार्यपालिकामा प्रस्तुत गरेका थिए ।

प्रदेश तथा संघीय सरकारका सम्बद्ध निकायबाट प्राप्त हुने प्रतिवद्धता समयमा पूरा नहुँदा उत्पन्न समस्याप्रति बैठकले गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक बजेट विनियोजनका लागि विशेष पहल गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले जानकारी गराए । उक्त बैठकमा ग्रामीण सडकको स्तरोन्नतिका लागि प्राप्त हुने आर्थिक सहयोगसम्बन्धी कार्यविधि बारे पनि विस्तृत छलफल गरिएको बताइएको छ ।

४१ फूलको डोली चढाइयो

यस्तै, भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिरमा मंसिरको अन्तिम मंगलबार ४१ फूलको डोली चढाइएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार मंगलबार ५ हजार ४०८ भक्तजनले मन्दिरमा पूजाआजा गरेका थिए भने सोमबार राती मन्दिरमा १७१ भक्तजनले जागाराम बसि बत्ती बालेका थिए ।

प्रत्येक वर्ष असोज, कात्तिक, मंसिर, माघ, फागुन र चैत महिनाको मंगलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट मनोकाङ्क्षा पुरा भएको भन्दै फूलको डोली चढाउन ल्याउने गर्दछन्। दुःख कष्ट आइलाग्दा थानीमाईलाई स्मरण गर्दा पुरा हुने र मनोकाङ्क्षा पुरा भएको भन्दै मन्दिरमा फूलको डोली चढाउन ल्याउने धार्मिक विश्वास रहिआएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker