संस्थागत क्षमता स्व-मूल्याङ्कनमा तनहुँको म्याग्दे प्रदेशमा पहिलो

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिका संस्थागत क्षमता स्व-मूल्याङ्कनमा गण्डकी प्रदेशमा पहिलो हुन सफल भएको छ । आर्थिक वर्ष २०७९/०८० को नतिजा अनुसार म्याग्दे गाउँपालिका प्रदेशमा नै ९४.५ अंक प्राप्त गरी पहिलो बन्न सफल भएको हो ।

स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गरी सवल र दुर्बल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समिक्षाको आधार प्राप्त गर्न र गाउँपालिका र नगरपालिकाहरु बीचमा तुलनायोग्य सुचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराउनका लागि स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन कार्यविधि २०७७ अनुसार स्व-मूल्याङकन गरी नतिजा सार्वजनिक गरिएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को संस्थागत क्षमता स्व-मूल्याङ्कनको नतिजा सोमबार बसेको कार्यपालिकाको बैठकले अनुमोदन गरी सार्वजनिक गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी गराए ।

गाउँपालिकाले लिजाको नियम अनुसार विभिन्न १० वटा शिर्षकमा स्व-मूल्याङ्कन हुनेछ । जसमा म्याग्दे गाउँपालिकाले शासकीय प्रवन्धमा ९ अंकभारमा ९ अंक नै प्राप्त गरेको छ भने संगठन तथा प्रशासनमा ८ अंकभारमा ८ अंक, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ अंकभारमा ११ अंक, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ११ अंकभारमा ११ अंक, सेवा प्रवाहमा १६ अंकभारमा १५ अंक, न्यायीक कार्य सम्पादनमा ७ अंकभारमा ६.५ अंक, भौतिक पुर्वाधारमा १३ अंकमा ११.५ अंक, सामाजिक समावेशीकरणमा १० अंकभारमा ९.५, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ९ अंकभारमा ८.२५ र सहकार्य र समन्वयमा ६ अंधारमा ४.७५ अंक प्राप्त गरी कुल १०० अंकभारमा ९४.५ प्राप्त गरेको छ ।

गाउँपालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन र वार्षिक वजेट तथा योजना व्यवस्थापनमा शतप्रतिशत नतिजा निकालेको छ । लिजामा प्रकाशित नतिजा अनुसार गाउँपालिकाले समग्र स्थितिमा ९७.६२ प्रतिशत, प्रक्रियागत स्थितीमा ९५.५९ प्रतिशत र परिमाणात्मक स्थितीमा ९२.२२ प्रतिशत नतिजा प्राप्त गरेको छ ।

गण्डकी प्रदेश भरिका ८५ वटा पालिका मध्ये ८२ वटा पालिकाको नतिजामा म्याग्दे गाउँपालिका प्रदेशको नै पहिलो पालिका बनेको छ भने स्याङजाको अर्जुनचौपारी दोश्रोमा र तनहुँको आँवुखैरेनी गाउँपालिकाले तेश्रो स्थानमा रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker