तनहुँको म्यग्देमा बस पल्टिदा चालक सहित ३२ जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबारीमा आज बिहान करिव ४:४० बजे बस पल्टिदा चालक सहित ३२ जना यात्रु घाइते भएका छन् ।
विरगञ्जबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट करिव ५६ फिट तल खोलामा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । उनका अनुसार घाईते भएकाहरुलाई उद्दार गरी उपचारको लागि पठाइएकोमा एक जनाको अवस्था गम्भिर, १७ जनाको अवस्था माध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ ।
घाईते मध्ये २ जनाको गण्डकी अस्पताल पोखरामा, एक जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा र २९ जनाको जि.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र बेलचौतारामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










