कांग्रेस नेता जोशीको गृह जिल्ला भ्रमण अभियान र कार्यक्रम

भञ्ज्याङ न्यूज

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले पाँचौ चरणको गृह जिल्ला भ्रमण तालिका सार्वजनिक गरेका छन् । उनको यो भ्रमण अभियानलाई चासोको रुपमा चर्चा चल्न थालेको छ । नेता जोशीले चैत्र ६ देखि १२ गते गरी साताव्यापी भ्रमण तालिका सार्वजानिक गरेका छन् । नेता जोशी जनता भेटघाट कार्यक्रम अन्तर्गत गृह जिल्ला आउन लागेका हुन् ।

पहिलो दिन चैत्र ६ गते दमौलीमा आफ्नै निवासमा कार्यकर्ता भेटघाट गर्नेछन् । दोस्रो दिन आइतबार आँबुखैरेनीमा सडक दुर्घटनामा परी ज्यान गुमाउनु भएका शुक्लागण्डकी नगरपालिका-८ निवासी साविक ढोरफिर्दी गाविसका पूर्व प्रधानपञ्च रुद्रसेन ठकुरी लगायतका परिवारजनसँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

७ गते व्यास नगरपालिकाको बेलवास, ८ गते बर्लाची र सत्रमा भेटघाट कार्यक्रम रहेको छ । उनले ९ गते भानु नगरपालिकाको मानेचौका, १० गते बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिका समेटेर साराङघाट र ग्याँजाटारमा भेटघाट गर्नेछन् । ११ गते आँबुखैरेनी गाउँपालिकाको हिलेखर्कमा भेटघाट गर्ने भएका छन् । १२ गते दमौलीमा भ्रमणको समिक्षा गरी राजधानी फर्किने कार्यक्रम रहेको नेता जोशीको सचिवालयले जनाएको छ ।

आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई मध्य नजर राखि जनताको अभिमत बुझ्न नेता जोशीले चार चरणको भ्रमण गरिसकेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker