कम्युनिष्ट पार्टी स्थापनाकाे ७५ वर्षमा एमालेले फेर्याे झण्डामा अंकित हँसिया हथौडाको रंग

ललितपुर । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

अध्यक्ष ओलीले तीनवटै प्रस्तावलाई निर्णायर्थ पेश गरेपछि प्रतिनिधिहरुले तालिको ध्वनीका साथ प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षे इतिहासमा विश्व कम्युनिष्ट पार्टीहरुको लोगो हँसिया हथौडाको रंग एमालेले फेरेको छ । सेतो रंग प्रयोग हुँदै आएकोमा अब एमालेले रातो रंगमा सनौलो कलरको हँसिया हथौडा अंकित हुनेछ ।

त्यसैगरी महाधिवेशनले निर्वाचन आयोगको प्रमुखमा पुनः डा. विजय सुब्बालाई दोहो¥याएको छ । उपाध्यक्षमा सानुराजा पोखरेल र सचिव कुन्साङ लामासहित सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker