एकताबद्ध भएर निर्वाचनमा जानुपर्छ : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताबद्ध भएर निर्वाचनमा जानुपर्ने बताएका छन् । ‘घर घर जाऔं : कांग्रेस जिताऔ’ अभियान अन्तर्गत तनहुँ क्षेत्र नम्बर १(ख) ले मंगलबार डुम्रेमा आयोजना गरेको भेलामा वरिष्ठ नेता पौडेलले कांग्रेसबीच एकता कायम गरी निर्वाचनमा जानुपर्नेमा जोड दिएका हुन् ।

स्थानीय तहको निर्वाचनमा जिल्लाका दशवटै पालिकामा कांग्रेसलाई जिताउने गरी तयारी थाल्न आग्रह गर्दै पौडेलले भने, ‘जनताको घरघरमै पुगेर कांग्रेसको प्रचारप्रसार गर्नुपर्छ, जिल्लाको विकास निर्माणको काम कांग्रेसकै नेतृत्वमा भएकाले त्यसलाई पूरा गर्न पनि कांग्रेसले जित्नुपर्छ ।’

यस्तै, नेता पौडेलले अहिले झुट्टा प्रचार गरेर देशलाई पछि पार्ने षड्यन्त्र भएको समेत बताएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन -एमसिसी)का विषयमा पनि गलत प्रचार गरेर देशलाई पछि पार्न खोजिएको भन्दै नेता पौडेलले भने, ‘एमसिसीका बारेमा जनताले पनि बुझन थालेका छन् । सुरुमा एमसिसीको विरोध गर्ने जनता पनि एमसिसीको बारेमा स्पष्ट भएको हुँदा भ्रममा नपरौं धेरै पछि परेका छौं झुटा प्रचारबाट बचाएर सही कुरालाई जनतालाई बुझाउनु पर्छ ।’

एमसीसी नेपालमा गरीवि हटाउन अमेरिकाले ६० अरब दिएको उल्लेख गर्दै नेता पौडेलले अनुदानमा आएको पैसालाई कम्युनिष्ट पार्टी उतै फर्काउन खोजेको चर्चा गर्दै नेता पौडेलले अनुदानलाई बहिष्कार गरेर ऋण लिएर श्रीलङ्का चीनको ऋणमा डुबे जस्तै नेपाल हुने बताए ।

देशको विकास र नेतृत्व कांग्रेसले गर्छ, अरु पार्टी किन भाँजो हाल्ने ? प्रश्न गर्दै नेता पौडेलले गठबन्धन आवश्यकता अनुसार गर्नुपर्ने बताए । उनले भने, ‘जहाँ जिप्छौं त्यहाँ एक्लै लड्ने हो हामी कमजोर भएको स्थानमा गठबन्धन गर्ने हो ।’

नेपाली कांग्रेस क्षेत्र नम्बर १ ‘ख’ का सभापति काजीमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस तनहुँका निर्वतमान सभापति वैकुष्ठ न्यौपाने, निर्वतमान सचिव विश्व वास्तोला, संविधान सभा सदस्य रामचन्द्र पोखरेल, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, व्यास नगर सभापति सुर्यचन्द्र हड्खले लागयतले घरदैलो अभियानलाई सबैले साथ दिन आग्रह गरेका थिए ।

नेपाली कांग्रेसले ‘घर घर जाऔं : कांग्रेस जिताऔं’ अभियानअन्तर्गत जिल्लाका चारवटै प्रदेशसभा क्षेत्रमा मंगलबार भेला गरेको छ । तनहुँ क्षेत्र नम्बर १ (क) को दमौलीमा, १ (ख) को डुम्रेमा, २ (क) को खैरेनीटारमा र २ (ख) को घिरिङमा सम्मेलन आयोजना गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker