व्यासले सार्वजनिक जग्गा व्यवस्थित गर्दै, ठेक्का नलागेपछि मादीको घाट आफैले सञ्चालन गर्ने

मानुङकोट-पुलिमर्याङ चौंथो खुल्ला अल्ट्रा म्याराथन दौड माघ १६ गते

  • भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले सार्वजनिक जग्गाको वडाबाटै लागत लिई संरक्षण कार्यलाई व्यवस्थित गर्ने भएको छ । नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले नगरपालिका अन्तरगत संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने सरकारी, सार्वजनीक जग्गाको वडाबाट लागत लिई संरक्षण कार्यलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।

बैठकले वडा नं. ४, ५, ६, ७, १० अन्तरगत पर्ने मादीनदीबाट ढुङ्गा, गिट्टी, बालुवा संकलन गरी बिक्री गर्न २ पटकसम्म र्सार्वजनीक सुचना प्रकाशित गर्दा समेत टेण्डर लाग्न नसके पछि नगरपालिकाकै व्यवस्थापनमा आर्थिक ऐन, २०७७ अनुसार एक हप्ता भित्र घाट सञ्चालनमा ल्याउने निर्णय गरेको नगरपालिकाका सुचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी गराएका छन् ।

यस्तै, वडा नं. ५ को मानुङकोटमा गुरुयोजना निर्माण गर्ने चरणमा रहेकाले गत असोज २३ को निर्णय अनुसार यही पौष मसान्त सम्म जग्गा बिक्रि वितरण बन्द गरिएकोमा आगामि माघ १ गतेदेखि न्यूनतम ४ आना भन्दा कम नहुने गरी जग्गा खरिदबिक्रि खुल्ला गर्ने निर्णय बैठकले गरेको बताइएको छ ।

उक्त बैठकले सार्वजनिक निजी साझेदारी ऐनले दिएको अधिकार प्रयोग गरी नियमावली, २०७७ पारित गर्दै व्यास-५ पर्यटकीय स्थल मानुङकोटदेखि व्यास-८ पुलिमर्याङ स्थित शहिद पार्कसम्मको चौंथो खुल्ला अल्ट्रा म्याराथन दौड माघ १६ गते सञ्चालन गर्ने भएको छ। दौड व्यवस्थापन गर्न उप-प्रमुख मीरा जोशीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ।

आर्थिक वर्ष २०७७/०७८ को अर्धबार्षिक प्रगति समिक्षा, आर्थिक ऐन, विनियोजन ऐनमा संशोधन लगायतका आवश्यक ऐनहरु पारित गर्नका लागि माघ २७ गते नगर सभाकक्षमा ३४औं नगर सभा गर्ने बैठकले निर्णय गरेको छ ।

नगरपालिका एवं वडा कार्यालयबाट सम्पादित जनमुखी सेवालाई जवाफदेहिता गहन गर्न एवं पारदर्शी बनाउने उद्देश्यले पौष २८ गते व्यास नगरपालिका सभा कक्षमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गर्ने समेत बैठकले निर्णय गरेको छ ।

यस्तै, व्यास नगरपालिकाका विभिन्न वडाहरुबाट न्यायीक समितिमा दिने उजुरी, म्याद तामेली, प्रति उत्तर दर्ता प्रकृया वडा मार्फ गर्राई, न्यायीक समितिको निर्णयानुसार सम्बन्धित वडामा मेलमिलाप कार्यलाई व्यवस्थित गर्न न्यायीक समितिलाई जिम्मेबारी तोक्ने निर्णय बैठकले गरेको छ ।

उक्त बैठकमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डल्लिराम सिग्देल, शाखा प्रमुखहरु नगेन्द्रराज रेग्मी, राजु पौडेल, कुमार कञ्चन जि.सी, प्रमोद सोती, राजेन्द्र कार्की, मेघनाथ आचार्य, रविन्द्रलाल मुल, हेमन्त गुरुङले चालु आवको कार्य प्रगति, समस्या र समाधानका विषयमा आ-आफ्नो शाखा अन्तरगतका विषयमा प्रतिवेदन प्रस्तुत गरी समिक्षा गरिएको थियो।

त्यस्तै, नेपाल सरकारद्वारा गठित भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्न गठित आयोगका तर्फाट नगरपालिकामा बुधबार केन्द्रीय आयोगका गण्डकी प्रदेशका प्रतिनिधि सदस्य एक बहादुर रानाको उपस्थितिमा नगरस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्यहरु डोबाटे वि.क., सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, उप-प्रमुख पवित्रा पौडेल, व्यास नगर प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सचिव विश्व वास्तोला, नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्की, जसपा नगर अध्यक्ष अमर भण्डारी, राप्रपा प्रतिनिधि आइत सिंह घले, नगर उपप्रमुख मीरा जोशी लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker