अन्तर पालिकास्तरीय दोश्रो ऋषिङ कपको उपाधि बागलुङको गल्कोटले उचाल्यो, शुक्लागण्डकी उपविजेता

भञ्ज्याङ न्यूज

तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको खुला अन्तर पालिकास्तरीय अध्यक्ष कप भलिबलको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले उचालेको छ । ऋषिङको झापुटार खेल मैदानमा भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई ३-२ सेटमा पराजित गर्दै गल्कोटले दोश्रो ऋषिङ अध्यक्ष कपको उपाधि उचालेको हो । शुक्लागण्डकी गत बर्षभएको पहिलो संस्करणको उपाधि विजेता हो ।

प्रतियोगिताको फाइनल खेलको पहिलो सेटमा गल्कोट शुक्लागण्डकी माथी हावि भएको थियो । गल्कोटले शुक्लागण्डकीलाई पहिलो सेटमा २५-२१ को स्कोरमा पराजित गर्दै विजयी यात्रा सुरु गरेको थियो । दोस्रो सेटमा खेल सुर्धादै शुक्लागण्डकीले गल्कोटलाई २५-२२ को स्कोरमा पराजित गरेको थियो ।

यस्तै, तेस्रो सेटमा गल्कोटले शुक्लागण्डकीलाई २५-२१ को स्कोरमा पराजित गर्दा चौथो सेटमा शुक्लागण्डकीले निकै उत्कृष्ट पर््रदशन गर्दै २५-१५ को स्कोरमा जित दर्ता गर्‍यो । पाँचौ सेटमा गल्कोटले शुक्लागण्डकीलाई १५-१२ को स्कोरमा पराजित गर्दै ऋषिङ अध्यक्ष कपको उपाधि प्राप्त गर्न सफल भएको थियो ।

गत चैतमा शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको मेयर कपको फाइनलमा गल्कोटसँग घरेलु मैदानमा भोगेको पराजयको बदला लिने अवसरबाट शुक्लागण्डकी चुकेको छ । उपाधिसँगै गल्कोटले नगद एक लाख ४० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता शुक्लागण्डकीले एक लाख रुपैयाँमा चित्त बुझाएको छ ।

यस्तै, मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा शुक्लागण्डकीले तनहुँकै भिमाद नगरपालिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । गल्कोटले स्याङजाको विरुवा गाउँपालिकालाई बुधबार विहान भएको दोस्रो सेमिफाइनलमा पराजित गर्दै शुक्लागण्डकीसँगको फाइनल प्रतिस्पर्धा गरेको थियो ।

सेमिफाइनलमा पराजित विरुवाले भिमादलाई हराउदै तेस्रो स्थान प्राप्त गरेको छ । विरुवाले भिमादलाई ३-२ को सेटमा पराजित गरेको हो । विरुवाले भिमादलाई २५-१७, २१-२५, ३०-२८, १३-२५ र १५-८ को स्कोरमा पराजित गर्दै ६० हजार र भिमादले ३० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, विधागततर्फगल्कोटका प्रकाश सुनार बेस्ट प्लेयर घोषित भए । शुक्लागण्डकीका प्रदिप गुरुङ बेस्ट स्पाइकर, विरुवाका सन्दिप खड्का बेस्ट डिफेन्डर, शुक्लागण्डकीका प्रेम कुमाल बेस्ट ब्लकर, गल्कोटका मिन नेपाली बेस्ट लिफ्टर र राजु विक बेस्ट र्सभर घोषित हुँदै पुरस्कृत भएका छन् ।

खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित भलिबल प्रतियोगिताको विजेता समुह र खेलाडीलाई ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापाले पुरस्कृत गरेका छन् । गत शनिबार सुरु भएको दोस्रो संस्करणको ऋषिङ अध्यक्ष कपमा गण्डकी प्रदेशका १६ पालिकाका खेलाडीको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker