अनुदानले तनहुँका किसान पशुपालनतर्फ आकर्षित, ३८ लाख ६७० मेट्रिक टन दूध उत्पादन

तनहुँ : आर्थिक वर्ष २०८१/८२ मा तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३७ लाख ९२८ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा ३८ लाख ६७० मेट्रिक टन दूध उत्पादन भएको हो ।
उत्पादनका आधारमा प्रतिलिटर रु तीनका दरले किसानलाई अनुदान दिन थालेपछि व्यवसाय गर्ने किसानको सङ्ख्या बढ्नुका साथै र दूध उत्पादन पनि बढ्न थालेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका कार्यालय प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रबिनसन अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अघिल्लो वर्ष दुधालु गाईको सङ्ख्या १३ हजार ६१० रहेकामा गत वर्ष १३ हजार ६३८ तथा भैँसीको सङ्ख्या २० हजार ६५० रहेकामा वृद्वि भई २१ हजार २४२ पुगेको छ ।”
जिल्लाका ११ सहकारी संस्थामार्फत ३२ लाख ४७ हजार १७८ मेट्रिक टन दूध बिक्री गरिएको छ । उहाँले भन्नुभयो, “प्रतिलिटर रु तीनका दरले अनुदान दिँदा रु ९७ लाख ४१ हजार ५३४ खर्च भएको छ ।”
तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर भई बाह्य जिल्लामा समेत बिक्री–वितरण गर्न थालिएको वरिष्ठ मत्स्य विकास अधिकृत अधिकारीले बताउनुभयो । कुल परिवार सङ्ख्या ८८ हजार ५८३ रहेकामा कृषि पेसामा आबद्ध परिवार ५८ हजार ५९५ र पशुपन्छीपालनमा आबद्ध ४९ हजार ६४० परिवार रहेका छन् । जिल्लामा ५६ प्रतिशत घरधुरी पशुपालनमा लागेको तथ्याङ्क छ । त्यसैगरी, पाँच हजार ३७ गाई, चार हजार ४१७ भैँसी, ७६ बाख्रा र २२ बङ्गुरमा कृत्रिम गर्भाधान गरिएको उहाँले बताउनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker