तनहुँको डुम्रे बजारमा तपाईको मास्क खोई अभियान
भञ्ज्याङ न्यूज

महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आबश्यकता भन्ने नाराका साथ तनहुँको डुम्रे बजारमा मास्क वितरणा अभियान संचालन गरिएको छ । पछिल्ला दिनमा कोरोना संक्रमित बढ्दै गैरहेको भन्दै विभिन्न संघ संस्थाले अभियान संचालन गरिरहेका छन्।
विश्व युवा दिवशको अवसर पारेर विहीबार डुम्रे साँस्कृतिक परिवारको संयोजन र इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेको समन्वयमा कार्यक्रम गरिएको डुम्रे साँस्कृतिक परिवारका अध्यक्ष कैलाश श्रेष्ठले जानकारी दिए ।
बजारमा मास्क अनिवार्य गरिएको छ । नागरिक आँफै सचेत हुन जरुरी छ । सबैले स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गरेको खण्डमा संक्रमण दर कम हुने हुँदा सबै सचेत बन्नुपर्ने इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रकाश भुषालले बताए ।
यस्तै, अभियान अन्तरगत करिब ५ सय मास्क वितरण गरिएको साँस्कृतिक परिवारले जनाएको छ ।