ऋषिङ गाउँपालिकाको सरसफाई अभियान (फोटोफिचर)

तनहुँको ऋषिङ गाउँपालिकाले सरसफाई अभियान चलाएको छ । गाउँपालिकाले प्रत्येक महिनाको पहिलो शुक्रबार श्रम अभियान अन्तर्गत सरसरसफाई कार्यक्रम चलाएको हो ।
उक्त अभियान अन्तर्गत साउन महिनाको पहिलो शुक्रबार पालिकाले गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ सहितको जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय परिसरमा सरसफाई गरेका छन् ।
गाउँपालिकाले प्रत्येक महिनाको पहिलो शुक्रबार श्रम अभियान सञ्चालन गर्ने नीति ल्याएको छ ।
तस्विर : ऋषिङ गाउँपालिका