तनहुँको भानु नगरपालिकाको सम्पूर्ण राजस्व डिजिटल प्रविधिबाट पनि भुक्तानी हुने
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाको सम्पूर्ण राजस्व भुक्तानी डिजिटल प्रविधिबाट समेत सेवा प्रवाहा गर्ने भएको छ । नगर प्रमुख उदयराज गौलीले बिहीबार एक कार्यक्रमका बीच डिजिटल प्रविधिको सेवा शुभारम्भ गरेका हुन् ।
‘सबैको हातहातमा प्रविधिको पहुँच पुगेको र अबदेखि भानुका १३ वटै वडाबाट लिइएको सेवाको राजश्व सहज रुपमा भुक्तानीको व्यवस्था मिलाएको छौ’, नगरप्रमुख गौलीले भने, ‘नेपालमा नै पहिलो पटक शुरू गरिएको दाबी गर्दै अब पालिकाका वडाहरुबाट सेबाग्राहीहरुलाई प्रदान गरिदै आएका विभिन्न सेबाहरु जन्म, मृत्यु, बसाइसराइ, तिरो, व्यवसाय दर्ता लगायत विभिन्न बिषयका सिफरिसहरु आदिका सरकारी दस्तुरहरु क्युआर कोडबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।’
यस्तै, कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले बैंक मार्फ डिजिटल सेवा शुरू भए पछि काम गर्न सहज, लाइन बस्नु नपर्ने, छिटो छरितो सेवा, पालिका नआइकन अन्य ठाउँबाट पनि भुक्तानी गर्न सकिने, पारदर्शी सेवा प्रवाह हुने हुँदा काम गर्न गराउन सजिलो हुने विशवास व्यक्त गरे । नगरपालिकालाई ग्लोबल आई एम इ बैंक, डुम्रे शाखा तथा बैकको फुस्रेटार स्थित विस्तारित काउण्टरबाट मिलाइएको बताइएको छ ।
कार्यक्रममा नगरपालिकाका उपमेयर आशा थापा, लेखा शाखाका प्रमुख अनिल त्रिपाठी, १३ वटै वडाका वडा सचिबहरु, ग्लोबल आइएमइ बैंक डुम्रे शाखा प्रमुख निराजन श्रेष्ठ, फुस्रेटार विस्तारित काउण्टरका इन्चाज विष्णु देबकोटाको सहभागिता रहेको थियो ।










