निर्वाचित सदस्यहरुलाई नेकपा एमाले बन्दिपुरको सम्मान, प्रवक्तामा श्रेष्ठ चयन

भञ्ज्याङ न्यूज

नेकपा एमाले बन्दिपुर गाउँ कमिटीले हालसम्म सम्पन्न जिल्ला कमिटीको अधिवेशनबाट सदस्यमा निर्बाचित सदस्यहरुलाई सम्मान गरेको छ ।

बन्दिपुर गाउँ कमिटीका अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा आयोजित एक कार्यक्रममा गाउँपालिकाबाट जिल्ला कमिटी सदस्यमा निर्वाचितहरुलाई सम्मान गरिएको हो ।

बन्दिपुरको पार्टी संस्थापक सदस्य भरत कायस्थ र पूर्व अध्यक्ष सनद श्रेष्ठद्वयले निर्वाचित सदस्यहरुलाई अबिर र खाँदा लगाएर सम्मान गरेका थिए ।

यस्तै, गत पौष २३ गते भएको नेकपा एमाले तनहूँको जिल्लाको अधिवेशनबाट बन्दिपुरका ८ जना निर्वाचित भएका छन् । भुगोल तर्फाट पुरुषमा गोविन्द प्रसाद अधिकारी, भिम बहादुर गौतम, काशी नाथ भट्टर्राई छन् ।

त्यस्तै, महिलातर्फ शान्ति कुँवर र फुलमती थापा र जनजाति तर्फधन बहादुर आले (२९७ मत), खुल्लाबाट भगवान श्रेष्ठ (२९७ मत) र महिला तर्फाट सविना मल्ल निर्विरोध निर्वाचित भएका थिए ।

गाउँ कमिटी अध्यक्ष भने पदेन जिल्ला सदस्य हुने ब्यवस्था रहेको छ । यससँगै बन्दिपुरमा नेकपा एमालेका जिल्ला प्रतिनिधिहरुको संख्या ९ पुगेको छ ।

उक्त बैठकले बन्दिपुर गाउँ कमिटीको प्रबक्तामा उपाध्यक्ष शिव कुमार श्रेष्ठ, कार्यालय सचिवमा हरिश्चन्द्र भट्टराइ र सल्लाहकार संयोजकमा भरत कायस्थलाई चयन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker