पृथ्वीराजमार्गको तनहुँ स्थित शेरामा दुइ बस ठोक्किदा १५ जना घाइते

भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-७ शेरामा आज दिउँसो सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दमौलीबाट खैरेनीटारतर्फजाँदै गरेको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको बस एकआपसमा ठोक्किदा दुवै बसमा सवार १५ जना घाइते भएको तनहुँ प्रहरीले जनाएको छ ।

दमौलीबाट खैरेनीटार जाँदै गरेको ग१ख ५९०० नम्बरको बस र खैरेनीटारबाट दमौली आउँदै गरेको बा५ख ५८१७ नम्बरको बस ठोक्किदा दुवै बसमा सवार १५ जना घाइते भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए ।

घाइतेमध्ये तीन जनालाई दमौलीस्थित रत्नहरि अस्पताल, १० जनालाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र दुइ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

घाइतेमध्ये व्यास नगरपालिका-६ बस्ने ३६ वर्षीय अजय श्रेष्ठ, ललितपुर गोदावरी नगरपालिका-१ बस्ने ६२ वर्षीय राजकेशर कार्की, ६० वर्षीया रुपा कार्कीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै काभ्रेचौरी गाउँपालिका-३ बस्ने ३३ वर्षीय नरबहादुर श्रेष्ठ, व्यास नगरपालिका-६ बस्ने २७ वर्षीय दुर्गाबहादुर दुरा, व्यास नगरपालिका-१२ बस्ने ७१ वर्षीया पार्वती बराल, स्याङ्जा अर्जुनचौपारी गाउँपालिका-४ बस्ने २७ वर्षीया देवी विक, सोही ठाउँका ६ वर्षीय आशिष विक, व्यास नगरपालिका-६ बस्ने २० वर्षीया शर्मिला सुनार, म्याग्दे गाउँपालिका-३ बस्ने ३० वर्षीया सङ्गतिा खड्का, व्यास नगरपालिका-६ बस्ने २५ वर्षीया हरिमाया आले, ३४ वर्षीया टंकमाया गुरुङ र भारत घर भई शुक्लागण्डकी नगरपालिका-५ बस्ने ३५ वर्षीया कृष्ण गुप्ताको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

यसैगरी लमजुङ मध्यनेपाल नगरपालिका-५ बस्ने ५० वर्षीय लक्ष्मण रायमाझी र शुक्लागण्डकी नगरपालिका-४ बस्ने ३२ वर्षीय राज परियारको पोखरामा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker