तनहुँमा टिप्परको ठक्करबाट महिलाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा टिपरको ठक्करबाट आइतबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-३३ बागमारा बस्ने ६० वर्षीया टीकादेवी चापागाइँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
कोत्रेबाट दुलेगौडातर्फ आउँदै गरेको ग२क ६२१९ नम्बरको टिपरले विपरीत दिशातर्फजाँदै गरेको ग१९प ५६५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार चापागाइँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
दुर्घटनामा परी गम्भिर घाइते उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने ३३ वर्षीया लीलादेवी नेपाली घाइते भएकी छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले टिप्पर चालक अर्घाखाँची सन्धिखर्कका ४१ वर्षीय तिलक श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।










