तनहुँबाट ६ हजार परीक्षार्थी एसइइ परीक्षामा सहभागि हुँदै

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँबाट यस वर्षको एसइइ परीक्षामा ६ हजार बढी परीक्षार्थी सहभागि हुने भएका छन् । आगामी वैशाख ९ गतेदेखि सुरु हुने एसइइ परीक्षाका लागि जिल्लाबाट छ हजार १८५ परीक्षार्थी सहभागी हुने भएका हुन् । त्यसमध्ये ३७ जना परीक्षार्थी ग्रेडवृद्धि अन्तर्गत रहेको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका निमित्त प्रमुख विश्वप्रकाश रेग्मीले बताए ।

परीक्षा सञ्चालनका लागि जिल्लामा २६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेडवृद्धि (पुरक) परीक्षाको आवेदन फारम भरेका परीक्षार्थीको हकमा नियमित समूह तर््फका परीक्षार्थी जुन विद्यालयमा परेको छ त्यसै विद्यालयमा समावेश गरी परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

परीक्षा सञ्चालनका लागि भानु मावि बन्दीपुर, होमराज लोहनी शारदा शिक्षा सदन भानु, चोक मावि रामपुरटार, चन्द्रावती मावि चुँदी, मित्रता मावि सत्रसय, महेश संस्कृत गुरुकुल विद्यापीठ देवघाट, निर्मल मावि दमौली, जलदेवी मावि भादगाउँ, सत्यवती मावि दमौली, बालमन्दिर मावि दमौली, महर्षि वेदव्यास संस्कृत मावि दमौली, चण्डिदेवी राष्ट्रिय मावि कुमालटारी, क्यामिन मावि कलेसती, मिन मावि थर्पु, सरस्वती नमूना मावि खैरेनीटार, खैरेनी मावि खैरेनीटार, जनकल्याण मावि बेलचौतारा, पञ्चमुनीदेव मावि दुलेगौडामा परीक्षा केन्द्र तोकिएको छ ।

यसैगरी हंशवाहिनी मावि एक्लेखेत, गाउँफर्कोदय मावि ढोरफिर्दी, जनज्योति मावि भिमाद, धर्म मावि भिमाद, चन्द्रज्योति मावि घिरिङ, शिव सरस्वती मावि ऋषिङ, विष्णु मावि नाहाला, पवित्रा मावि पिप्लेमा परीक्षा केन्द्र निर्धारण गरिएको समन्वय इकाइले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker