पत्रकार हत्या र सञ्चारमाध्यममाथिको आक्रमणको विरोध गर्दै सरकारलाई ज्ञापनपत्र

दमौली । नेपाल पत्रकार महासंघ तनहुँले चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको न्याय र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोध स्वरुप सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघ तनहुँ शाखाले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कारवाही गर्न माग गरेको छ ।

शाखा अध्यक्ष डिपी अधिकारीद्वारा बुझाइएको ज्ञापनपत्रमा ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारवाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन माग गरिएको छ ।

विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरुमा संलग्नलाई तत्काल कानुनी कारवाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन महासंघले माग गरेको छ । ज्ञापनपत्रमा मागहरु सम्बोधन हुने विश्वसनीय आधार निर्माण नेपाल सरकारसमक्ष आग्रह गर्दै अन्यथा महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने जानकारी गराइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थापाले ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker