तनहुँ मासु व्यवसायीमा जीवन शाही
भञ्ज्याङ न्यूज

तनहुँ मासु व्यवसायी समितिको अध्यक्षमा जीवन शाही र्सवसम्मत चयन भएका छन् । शनिबार सम्पन्न सातौ साधारणसभा तथा पाँचौं अधिवेशनले शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिका वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार श्रेष्ठ तथा उपाध्यक्ष सुमन शाही चयन भएका छन् ।
समितिको सचिवमा गणेशराज बाँस्तोला, कोषाध्यक्ष अभिमान सिंह बस्नेत र सहसचिवमा झलक आले छन् । यस्तै समितिका सदस्यहरूमा किरण थापा, रामचन्द्र विक, शेर महमद, लक्ष्मी लौडारी, मुवारक हुसेन र मनबहादुर बयलकोटी छन्।
समितिका वरिष्ठ सल्लाहकारमा नेखुराम खड्की, सल्लाहकारमा हर्षमान श्रेष्ठ, मानबहादुर केसी, शान्ति सुर्खाली र बलप्रसाद शाही छन् । यस अघि भएको अधिवेशनको उद्राटन व्यास नगर पालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले गरेका थिए भने सञ्चालन चन्द्रकुमार कायस्थले गरेका थिए ।










