तनहुँमा भएका छुट्टाछुट्टै सवारी दु्र्घटनामा परी १९ जना घाइते

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँम विहीबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बस दुर्घटनामा १७ जन, मोटरसाइकलले ठक्कर दिंदा एक बलक र बसको ढोकाबाट खसेर एक जना घाइते भएका छन् ।

आबुखैरेनी-३ खहरे स्थित पृथ्वी राजमार्ग सडकमा म्याग्दीबाट भैरहवा तर्फजाँदै गरेको लु२ख ८८३ नं. को बसले बिपरित दिशाबाट आउँदै गरेको ना३२प ५२५४ नं. को स्कुटरलाई ठक्कर दिई सो बस अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल खोल्सामा खसी दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा बसमा सवार रहेका १४ जना यात्रु र स्कुटरमा सवार रहेका बच्चा सहित ३ जना समेत गरी १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी गराएका छन् ।

दुर्घटनामा परी रोसन राना, सन्दिप थापा, चित्रा पुरी, निरुता पराजुली, दिक्षा सुनार, दिनु सुनार, होम बहादुर सुनार, रिजन पुरी, रिदम पुरी, बिष्णु पुरी, राजेश मेहता, पदम पुरी, मणि तिवारी, सुमन परियार, शुसिल परियार, स्वनिल परियार र मन कुमारी नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

र्घाईते भएकाहरुलाई उद्दार गरी आँबुखैरेनी हाडजोर्नी अस्पतालमा ८ जना उपचार भएकोमा ५ जना डिस्चार्ज भएको र अन्यलाई सियमसि मेडिकल कलेज भरतपुर चितवनमा ७ जना र मेट्रोसिटी अस्पताल पोखरामा १ जनाको उपचार भैरहेको छ भने चालक प्रहरीको नियन्त्रणमा रही अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

यस्तै, मोटरसाइकलले ठक्कर दिदा १ बालक र्घाईते भएका छन् । यास-५ रानिटारी स्थित भित्री सडकमा देउरालीबाट हर्कपुर तर्फजाँदै गरेको ग८प २१४० नं. को मोटरर्साईकलले ठक्क दिई दुर्घटना हुँदा बर्ष३ को अनिस लामिछाने र्घाईते भएको प्रहरीले जनाएको छ । र्घाईतेलाई उद्दार गरी औषधी उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाएकोमा थप उपचारका लागि मेट्रोसिटी अस्पताल पोखरामा पर्ठाईको छ भने चालक र मोटरर्साईकल प्रहरीको नियन्त्रणमा लिएको छ ।

त्यस्तै, बसको ढोकाबाट खस्दा एक व्यक्ति घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका-६ तिमिल्सिना चोक स्थित पृथ्वी राजमार्ग सडकमा पोखराबाट दमौली तर्फआउदै गरेको ग१ख ७१०५ नं.को बसको ढोकाबाट सोही बसमा सवार रहेका यात्रु सुजन गुरुङ अचानक खस्न गई र्घाईते भएका छन् ।

घाइतेको तत्काल उद्धार गरी उपचारका लागि जि.पी कोईरालला स्वास प्रश्वास उपचार केन्द्रमा उपचार भईरहेको छ भने बस र चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

तनहुँ प्रहरीले ४ बर्षपछी सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने अभियान अन्तरगत ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा फरार प्रतिवादी जीवन श्रेष्ठ रहेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी गराएका छन् । पक्राउ परेका श्रेष्ठ सवारी ज्यान मुद्दामा २० दिन कैद र २ हजार जरिवाना बुझाउन बाँकी रहेकोमा उनलाई पक्राउ गरी तनहुँ जिल्ला अदालत बुझाई थुनामा पठाइएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker