तनहुँको व्यास नगरपालिकाका प्रमुख र उपप्रमुखले पदबाट दिए राजिनामा
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाका प्रमुख र उपप्रमुखले पदबाट राजिनामा दिएका छन् । नगरप्रमुख वैकुण्ठ न्यौपाने र उपप्रमुख मिरा जोशीले आइतबार राजिनामा दिएका हुन् ।
प्रमुखले उपप्रमुखलाई र उपप्रमुखले प्रमुखलाई राजिनामा पत्र बुझाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । प्रमुख र उपप्रमुख दुबैजनाले नेपाली कांग्रेसबाट पुनः सोही पदमा उम्मेदवारको दावेदार गरेका छन् ।
यस्तै, नगरपालिकाले व्यास-१३ का वडाध्यक्ष लेखबहादुर रानालाई कार्यवाहक नगर प्रमुखको जिम्मा दिएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए । जनप्रतिनिधि नभएका वडाको अत्यावश्यक सिफारिस लगायतका कामकाज गर्न रानालाई कार्यवाहक नगर प्रमुखको जिम्मा दिइएको उनले बताए ।










