महिलालाई सीप मार्फत अत्मनिर्भर बनाउँदै म्याग्दे गाउँपालिका

दमौली : महिलालाई आत्मनिर्भर बनाउन म्याग्दे गाउँपालिकाले महिलालाई सीप सिकाएको छ । सीपमूलक तालिम संचालन गरेर सीपमार्फत् महिलाले व्यवसाय गरी सहज रुपमा आम्दानी गर्न सक्ने भएकाले सीपमूलक तालिम संचालन गरिएको हो ।
गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तगत वडा नं १ मा १८ जना महिलालाई क्रिष्टलका गहना , फ्रेव्रिकको माला तथा दुबोको माला बनाउने तालिम संचालनमा आएको छ । सीपको माध्यमबाट कम लगानीमा लघु घरेलु तथा कुटील उद्योग संचालन महिलाले सहज रुपमा गरि आम्दानी गर्न सकिने भएकाले सीप विकास तालिमलाई जोड दिइएको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए ।
वडागत रुपमा महिलाको माग र चाहना अनुसार तालिम प्रदान गरेकाले फूर्सदको समयमा सिकेको सीपलाई प्रयोग गर्दा पनि आम्दानी गरि आत्मनिर्भर र स्वावलम्वी बन्ने लक्ष्यका साथ तालिम कार्यक्रमलाई प्राथमिकतामा राखिएको न्यौपानेले बताए ।
अनुभवी तथा दक्ष प्रशिक्षक साना मियाँद्वारा म्याग्दे-१ गुणादीमा सञ्चालन भएको तालिम मार्फत क्रिष्टलको माला, पोते, औठी, टप, चुरा लगायतका झण्डै दश भन्दा बढी सामान बनाउन सिकेपछि स्थानीय महिला निकै हर्सित भएका छन् ।
कम लगानीमा व्यवासय गर्न सकिदो रहेछ र महिलाले दैनिक रुपमा प्रयोग हुने पोते, माला, चुरा राम्रो बनाउँदा यसको बजार पनि सहज भएकाले व्यवसाय गरी पालिकामा नमुना उद्यमी बन्ने लक्ष्यका साथ महिला दिदिबहिनी सकियताका साथ तालिमवाट सीप सिकेका कार्यपालिका सदस्य थममाया विकले बताइन् ।
म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरेको बताए । रोजगारी नपाई सीप सिकेर आम्दानी गर्न स्थानीय युवा तथा युवतीहरुबाट माग भएपछि तालिम कार्यक्रम संचालन गरिएको छ ।
तालिमबाट सीप सिकेर आत्मनिर्भर र स्वावलम्बी बन्नका लागि यतिबेला म्याग्दे गाउँपालिकाका युवा युवतीहरु सक्रिय रुपमा लागिपरेका छन् । गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत सीप सिकाए पश्चात उद्यमी बन्ने क्रम बढेको छ ।
तालिमबाट सीप सिक्नका लागि सीप नभएका व्यक्तिहरु सक्रियताका साथ लागिरहेका छन् । लघु घरेलु तथा साना उद्योग कम लगानीमा सीप मार्फत सहज रुपमा सञ्चालन गर्न सकिने भएकाले यस तर्फ बेरोजगार युवा युवतीहरुको आक्रर्षण बढेको हो ।
मेड्पा कार्यक्रमबाट सीप सिकाउन अगाडी उद्यमी बन्न चाहनेका लागि घरधुरी सर्वेक्षण, अभिमुखिकरण र उद्यमशिलता विकास तालिम सञ्चालन जस्ता कार्यक्रम सम्पन्न भएको आर्थिक विकास शाखा प्रमुख प्रदिप न्यौपानेले जानकारी दिए ।
आर्थिक वर्ष २०८२।०८३ मा २५ जनालाई सीपमूलक तालिम दिने लक्ष्य रहेको न्यौपानेले बताए । तालिमबाट स्थानीय तबरमा आर्थिक क्रियाकलाप वृद्धि गरि आर्थिक विकास प्रवद्र्धन गर्ने, आर्थिक विकासमा नबप्रवद्रधनको अवधारणालाई अवलम्वन गर्ने, समावेशी र दिगो स्थानीय आर्थिक बृद्धिको प्रवद्र्धन गर्ने, अन्तर स्थानीय तहमा नबीनता असल अभ्यास र सिकाई आदान प्रदान गर्ने , स्थानिय आर्थिक विकासका क्रियाकलापमा निजि क्षेत्र, सामुदायिक क्षेत्र र सहकारी क्षेत्रको अधिकतम परिचालन गर्ने लक्ष्य रहेको छ ।
उद्यमशिलता र सीपमूलक तालिमबाट स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवद्रधन गर्ने, स्थानीय तहमा आर्थिक समृद्धि हासिल गर्नु, स्थानीय स्तरमा उत्पादन र उत्पादकत्व बृद्धि गर्नु, स्थानीय क्षेत्रमा उद्यमशिलता प्रवद्र्धन गरी रोजगारी र आय बृद्धि गर्नु, नबप्रवद्र्धनलाई अवलम्वन गरी समावेशि र दिगो आर्थिक विकास हाँसिल गर्ने लक्ष्य गाउँपालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।










