विद्यार्थीलाई वैदेशिक रोजगार तथा द्वन्द्व पीडित छात्रवृत्ति प्रदान

  • भञ्ज्याङ समाचारदाता (दमौली)

शिक्षा विकास तथा समन्वय इकाइले ४६ विद्यार्थीलाई वैदेशिक रोजगार तथा द्वन्द्व पीडित छात्रवृत्ति प्रदान गरेको छ । एकाइले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष ननाघेका विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरेको हो । सशस्त्र द्वन्द्वबाट पीडित, वैदेशिक रोजगारका क्रममा मृत्यु तथा अशक्त भएका अभिभावकका सन्ततिलाई छात्रवृत्ति प्रदान गरिएको एकाइका प्रमुख रमाकान्त शर्माले बताए ।

वैदेशिक रोजगार छात्रवृत्ति ४० र द्वन्द्व पीडित छ गरी ४६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । “कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई वार्षिक रु आठ हजार र ९ देखि कक्षा १२ सम्मका लागि वाषिर्क रु १२ हजार छात्रवृत्ति वितरण गरिएको हो”, उनले बताए ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तथा अशक्त भएका व्यक्तिका सन्ततिलाई स्थानीय तहको सिफारिसको आधारमा छात्रवृत्ति प्रदान गरिएको एकाइ प्रमुख शर्माले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker