“व्यासका मेयर पदका उम्मेदवार जोशीको प्रतिबद्धता” (पूर्णपाठ सहित)

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकामा मेयर पदका उम्मेदवार दीपकराज जोशीले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नेकपा एमालेको र्समर्थनमा व्यास नगरपालिकाको मेयर पद दाबी गरेका जोशीले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धता पत्र सार्वजनिक गर्दै जोशीले आफ्नो एजेण्डाका कारण आफूले जित्ने बताए । जोशीले नगरपालिकालाई केवल नारामा मात्र नभईकन व्यवहारमै सुव्यवस्थित, समुन्नत र सुन्दर नगरपालिका बनाइने बताए ।

नगरको विकास स्थानीय उपभोगलाई दृष्टिगत गरी उत्पादनमा जोड दिएर आयातलाई न्यूनीकरण गर्ने खालको चक्रीय अर्थव्यवस्थाको आधारमा गरिने जोशीले बताए । नगरपालिका भित्रकै स्रोतहरुको सही परिचालन, प्रयोग, पुनप्रयोग र पुनःस्थापना सिद्धान्तमा आधारित चक्रीय प्रणाली अपनाएर नगरको विकास गरिने उनले बताएका छन् ।

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सुशासन र पारदर्शीता, कृषि र रोजगारी, फोहोर व्यवस्थापन र स्वच्छ वातावरण, खेलकुद, जनचेतना, धर्म र संस्कृति, व्यापार, व्यवसाय र पर्यटन, खानेपानी तथा विजुली, सञ्चार र सूचना प्रविधिका क्षेत्रमा आफुले गर्ने कार्यको सूची र्सार्वजनिक गर्दै नगरबासीसंग आफुलाई मतदान दिन अनुरोध गरेका छन् ।

उनले सार्वजनिक गरेको प्रतिवद्धता पुरा गर्नका लागि नगरपालिकाकै आन्तरिक खर्च व्यवस्थापनबाट पुरा गर्न सकिने विकल्पहरु समेत देखाएका छन् । व्यासको जम्मा बजेट १ अर्व ७० करोड छ । जसमा १५-२० प्रतिशतसम्म चुहावट हुने गर्न । जुन आधा मात्र कम गर्न सके सो रकमले जनहितका लागि दुइवटा दमकल किन्ने पैसा बच्ने उनले बताएका छन् ।

नगरपालिकामा अनावश्यक करार कर्मचारीलाई हटाउँदा वर्षमा झण्डै दुइ करोड रुपैयाँ बचाउन सकिने, नगरपालिकाका कार्यक्रमहरु मितव्ययिताको कदर गर्दै भोजभतेर र भ्रमणको फजुल खर्च कछौटी गर्ने, हाल भइरहेको वार्षिक ४५ लाख रुपैयाँको इन्धन खर्चले ५ वर्षमा २ करोड नाघेको छ । सो रोक्न आवश्यक काममा मात्र सवारी साधान प्रयोग गरी इन्धन र बजेट बचाउने उनले प्रतिवद्धता जनाएका छन् ।

जोशीले नगरपालिकामा हुने सबै चुहावट र फजुल खर्च नियन्त्रण गर्न सकेमा आफुले प्रतिवद्धता गरेका सबै क्षेत्रका काम गर्न सहजरुपमा सकिने दाबी गरेका छन् । उनले जनताका जनजिविकाका सवालहरुलाई विशेष महत्वका साथ अगाडि बढाउने र कुनै छुट हुन गएका विषयहरुमा सबै वर्ग समुदायको हितलाई ध्यानमा राखि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker