झोलुङ्गे पुल संरक्षण तथा सामाजिक अभियान

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित भ्याली युथ क्लबमा आवद्ध युवाहरु वडा नं. २ र ९ जोड्ने झोलुङ्गे पुलका जालीहरुको मर्मतसम्भार गर्दै । युवाहरूले झोलुङ्गे पुलका जाली मर्मत गरी पुलको सुरक्षा र दीर्घकालीन संरक्षणमा समेत योगदान पुर्याएका छन् । पुल दैनिक रूपमा स्थानीयवासी तथा विद्यार्थीहरूले प्रयोग गर्ने भएकाले यसको नियमित मर्मतसम्भार आवश्यक रहेको क्लबले जनाएको छ । क्लवले समुदायलाई सुरक्षित, सफा र व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न सामाजिक तथा पूर्वाधार संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबका युवाहरूको सक्रिय सहभागितामा सडकमा परेका साना–साना खाल्टा पुर्ने, सडक सरसफाइ गर्ने, सडक डिभाइडरमा रङ लगाउने कार्य पनि गरेका छन् । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker