लागुऔषध सहित एक जना पक्राउ
भञ्ज्याङ न्युज
तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेमा लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका-३ बस्ने ३४ वर्षीय बाल कृष्ण गिरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७४०१ नम्बरको बसमा सवार बाल कृष्ण गिरीले बोकेको झोलाबाट लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए ।
प्रहरीले ती युवाको झोलाबाट नुफिनको शिशी २५ एम्पुल, र्डाईजापामको शिशी २५ एम्पुल र फेनरागनको शिशी २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागुऔषध बरामद गरेको छ । पक्राउ परेको गिरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।










