पहिरोका कारण एकतर्फी पृथ्वीराजमार्ग

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादी स्थित बरचौरमा खसेको पहिरो हटाइदै । सडकको माथीबाट ठूलो चट्टान सहितको पहिरो खसेपछि करिब चार घण्टापछि एकतर्फी सडक सञ्चालनमा आएको थियो । पहिरो सहित खसेको चट्टानलाई ब्रेकर लगाएर हटाउन प्रयास गरिएपनि शनिबार साँझसम्म पूर्णरुपमा सडक सञ्चालनमा आउन सकेको थिएन ।
शनिबार बिहान ८ बजेदेखि नै एकतर्फी सञ्चालनमा आएको राजमार्ग दुईतर्फी बनाउने प्रयास भए पनि सफल नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “ढुङ्गा फुटाउने काम भइरहेको छ, ठूलो भएकाले हिजो दिनभर पनि सकिएन”, उहाँले भन्नुभयो । राजमार्ग एकतर्फी हुँदा बेला–बेलामा सवारी साधन जाममा पर्ने गरेको छ । तस्विर : भञ्ज्याङ










