सडक विस्तारका लागि नाला निर्माण

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत दमौली बजार क्षेत्रमा सडक विस्तारका लागि नाला निर्माण गरिदै । दमौली बजार क्षेत्रमा सडकको मध्यविन्दुका विषयमा विवाद सृजना भएपछि सडक विस्तार कार्य ढिलाइ भएको छ । बजार क्षेत्रमा २५/२५ मिटर सडक सीमा कायम भएपनि विवादका कारण योजनाले सडकको मध्यविन्दुबाट २३/२३ मिटर भित्र सडक विस्तार कार्यलाई अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ