गोरखा पालुङटारका गाईपालक कृषक राजेन्द्रराजले पाउने भए सर्वाधिक राशिको पुरस्कार

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले यस वर्षको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार गोरखा जिल्लाका गाईपालक कृषक राजेन्द्रराज पन्तलाई प्रदान गर्ने निर्णय गरेको छ । झापामा रहेको प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले आज प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिनुभएको हो । पुरस्कारको राशि रु. एक लाख एक हजार १११ रहेको छ ।

नेपालमा कृषकले पाउने यो सर्वाधिक नगद राशिको पुरस्कार हो । गोरखाको पालुङटार नगरपालिका-७ च्याङ्लीमा पन्तले २०५२ सालदेखि कामधेनु गाईपालन केन्द्र सञ्चालन गर्दै आउनु भएको छ । कृषि क्षेत्रमा राष्ट्रिय रुपमा उदाहरणीय कार्य गर्ने किसानलाई प्रतिष्ठानले वर्षेनी पुरस्कृत गर्दै आएको छ ।

पुरस्कार पाउने पन्तको गाईफार्ममा ३५० वटा गाई पालिएको र दैनिक एक हजार ३५० लिटर दूध उत्पादन हुँदै आएको छ । उहाँले नमुना डेरी केन्द्र, कृत्रिम गर्भाधान केन्द्र समेत सञ्चालन गर्दै आउनुभएको छ । कोभिड–१९ को महामारीका कारण यो पुरस्कार सहज अवस्था आएपछि मात्र वितरण गरिने अध्यक्ष ओलीले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker