कांग्रेस तनहुँले बिपी स्मृति भवन उद्घाटन गर्ने

भञ्ज्याङन्यूज

नेपाली कांग्रेस तनहुँले बिपी स्मृति भवन उद्घाटन गर्ने भएको छ । जिल्ला कार्यसमितिको शुक्रबार बसेको बैठकले आगामी कात्तिक २४ गते पार्टीको भवन उद्घाटन गर्ने निर्णय गरेको हो ।

व्यास-३ स्थित बिपी स्मृतिको भवनको उद्घाटन कार्यलाई भव्य बनाउने निर्णय भएको पार्टी प्रवक्ता हरि वाग्लेले जानकारी गराए । बैठकले पार्टीका सबै तहका नेता कार्यकर्तासँग पार्टी कार्यालयको निर्माणका लागि सक्दो सहयोग गर्न अनुरोध गरेको छ ।

उक्त भवनको उद्घाटनका अवसरमा पार्टीका तर्फाट उपसभापति देवकुमार श्रेष्ठको संयोजकत्वमा भवन उद्घाटन समिति एवं उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठको संयोजकत्वमा स्मारिक प्रकाशन समिति गठन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker