१६९ धावक व्यास अल्ट्रा म्याराथनमा सहभागि हुँदै, १६ गते सार्वजनिक विदा

तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको चौथो अल्ट्रा म्याराथनका लागि १६९ धावक सहभागि हुने भएका छन् । शहीद दिवसको अवसरमा आयोजना हुने अल्ट्रा म्याराथनमा सहभागि हुन १६९ जना धावकले नाम दर्ता गराएको व्यास नगरपालिकाका प्रेस संयोजक प्रदीप काफ्लेले जानकारी गराए । म्याराथनमा सहभागि हुने धावकहरुलाई बिहीबार नै रुटको बारेमा जानकारी दिनुका साथै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । ब्यास नगरपालिका-५ मानुङदेखि ब्यास नगरपालिका-८ पुलिमराङसम्मको ४४ किमिदूरीको म्याराथनको तयारी पूरा भएको नगरपालिकाले जनाएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ नगद पुरस्कार पाउनेछन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्षप्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए । धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिनेछ ।

ब्यास नगरपालिका-४ ब्यास रेन्ज पोष्ट, ब्यास नगरपालिका-१० पिजनहिल खहरे, ब्यास नगरपालिका-७ पाथ्रा मन्दिर, ब्यास नगरपालिका-७ पातल सत्रसय, ब्यास नगरपालिका-८ रिस्ती सोतीबेशी, ब्यास नगरपालिका-८ सुनपोखरी, ब्यास नगरपालिका-८ गाडापानी र ब्यास नगरपालिका-८ पुलिमराङमा चेकविन्दु स्थापना गरिनेछ ।

म्याराथन मानहुँकोट सिद्ध मार्गहुँदै अलैचे-चापाघाट-अनशन चौतारी, सफा सडक-भोर्लेटार चोक, बैरेनी-दुम्सी-कलेस्ती-पाथ्रा-सत्रसय-बानियाँ डिही-बर्लाची-सोतीबेंशी-बगुवा रिस्ती-बाहुनपोखराहुँदै पुलिमराङमा पुगेर टुंगिने छ ।

गत वर्षो म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जिएका थिए । उनले ४४ किमिदूरी दुइ घण्टा ५९ मिनेटमा पार गरेका थिए भने प्रतियोगितामा कालीकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएका थिए ।

ब्यासमा सार्वजनिक बिदा

तनहुँको ब्यास नगरपालिकाले शहीद दिवसको अवसरमा शुक्रबार र्सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शहीद दिवसको अवसरमा नेपाल सरकारद्वारा प्रदान गरिँदै आएको सार्वजनिक बिदा केही वर्षयता कटौती भएको सर्न्दर्भ र ब्यास नगरपालिकाले सोही अवसरमा हरेक वर्षअल्ट्रा म्याराथन गर्दै आएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले आज सूचना जारी गर्दै ब्यास नगरपालिका-५ मानुङदेखि वडा नं ८ को पुलिमराङसम्म आयोजना हुने म्याराथनको पर्रि्रेक्ष्यमा शहीदको सम्मानस्वरुप सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था एवं सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्थामा र्सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker