व्यास नगरपालिकाको कोषमा रु. ३८ करोड ३२ लाख रकम

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाको कोषमा ३८ करोड ३२ लाख ६८ हजार ३७ रुपैयाँ रहेको छ ।

नगर कार्यपालिकाको आइतबार बसेको नियमित बैठकमा नगरपालिकाले संघ, प्रदेश र आन्तरिक आयवाट उक्त रकम प्राप्त गरेको र क्रमागत योजनाहरुको भुक्तानी प्रकृया भइरहेको आर्थिक प्रशासन शाखाले जानकारी गराएको छ ।

नगरपालिकाको आर्थिक प्रशासन शाखाका अनुसार संघबाट समानीकरण शिर्षकमा ५ करोड १४ लाख ९२ हजार रुपैयाँ, संघबाट ससर्त शिर्षकमा २४ करोड ५४ लाख ८ हजार ७९० रुपैयाँ प्राप्त गरेको छ । प्रदेश समानीकरण शिर्षकमा हालसम्म रकम प्राप्त नगरेको नगरपालिकाले प्रदेश राजश्व बाँडफाँडबाट २८ लाख ४१ हजार ६१४ रुपैयाँ, प्रदेश समपुरक/विशेष शिर्षकमा ६० लाख रुपैयाँ प्राप्त गरेको छ ।

नगरपालिकाको आन्तरीक आय २ करोड ५६ लाख ९९ हजार ६३३ रुपैयाँ र सञ्चित कोष अल्या ५ करोड १८ लाख २६ हजार रुपैयाँ हरेको आर्थिक प्रशासन शाखाले बैठकमा जानकारी गराएको थियो ।

यस्तै, नगरपालिकाले संविधान दिवसका अवसरमा शुभारम्भ गरेको परम्परागत बुधबारे हाट बजारलाई निरन्तरता दिने निर्णय गरेको छ । बैठकले २०८० सालको दशै बजारलाई समेत सोही स्थानमा व्यवसायीहरुसंग सम्वय गरी सम्बन्धित वडाको संयोजनमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले २०८० सालको वडा दशै, शुभ दिपावली, नेपाल संम्बत, छठ पर्व लगायतका पर्वहरुमा नगरवासीको आवागमनलाई सहजीकरण गर्न सम्बन्धित वडा प्राविधिकको लागत स्टिमेटका आधारमा वडागत बजेटबाट बाटोहरु सरसफाई, पुजा व्यवस्थापन, पिङ् व्यवस्थापन लगायतका कार्यहरु गर्न गराउन सबै वडा समितिलाई निर्देशन दिएको छ ।

यस्तै, तनहुँ जलविद्युत आयोजनाबाट व्यास नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिका, कास्कीको रुपा गाउँपालिका र मादी गाँउपालिका समेत ४ पालिकाका प्रमुख/अध्यक्ष, उप-प्रमुख/उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र ती पालिकाका मादी नदिसंग जोडिएका वडा अध्यक्षहरु, माझीबोटे प्रतिनिधिहरु समेतको सहभागितामा मादी नदी संरक्षण प्रस्ताव तयारीका लागि आज सोमबार व्यास नगरपालिका सभाकक्षमा छलफल कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।

असोज १० गते ४४औं विश्व पर्यटन दिवसका अवसरमा नगरपालिकामा रहेका सबै होमस्टे प्रतिनिधि, साँस्कृतिक क्षेत्रका प्रतिनिधि, क्याम्पस, विद्यालय प्रतिनिधि सहित मनाउने र नगरपालिका भित्रका वन उपभोक्ता समितिका अध्यक्ष वा प्रतिनिधि, डिभिजन वन कार्यालय तनहुँका प्रमुख वा प्रतिनिधि समेतको सहभागितामा असोज १२ गते अन्तरक्रिया गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker