शुक्लागण्डकी-६ स्थित खैरेनी माविमा अक्षयकोष स्थापना

भञ्ज्याङ समाचारदाता/खैरेनीटार

तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटार स्थित खैरेनी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । स्थानीय खिमबहादुर राना र विष्णुमाया राना दम्पतीले दिवंगत छोरी उषा राना (शोभा)को स्मृतिमा दुइ लाख २२ हजार २२२ रुपैयाँको अक्षयकोष स्थापना हुन् ।

राना दम्पतीले वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितका अध्यक्ष वुद्धिबहादुर थापालाई बुधबार अक्षयकोष स्थापनार्थ नगद हस्तानतरण गरेका छन् । अक्षयकोषबाट प्राप्त रकमले विपन्न विद्यार्थीलाई छात्रावृत्ति दिईने रानाले बताए ।

‘अक्षयकोषमा जम्मा गरेको रकमबाट आएको ब्याजले जेहेन्दार, पढाइमा अब्बल भएका गरिब विधार्थीलाई छात्रावृत्ति दिने हो । गरिब भएर पढाइ छोड्न नपरोस’, उनले भने ‘गरिब परिवार भएपनि पढाइमा अब्बल भएका विधार्थीले पढ्न पाउनुपर्ने आफ्नो मान्यता रहेको छ ।’

वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले गरिब विद्यार्थीका लागि अक्षयकोषमार्फत छात्रावृत्ति वितरण गर्दै पढाइलाई निरन्तरता दिन सघाइरहेको बताए । उनका अनुसार करिब ३५ विद्यार्थीलाई अक्षयकोषबाट प्राप्त व्याजले छात्रावृत्ति वितरण गर्दै आइएको छ ।

अक्षयकोष दाता राना २०४० सालमा खैरेनीटार गाविसको प्रधानपञ्च थिए । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल उनी अरनिको आवसीय बोर्डिङ स्कुल खैरेनीटारका संस्थापक समेत हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker