डुम्रे, विमलनगर र सत्रसय बजार इकाईको अधिवेशन सम्पन्न

भञ्ज्याङ समाचारदाता (डुम्रे)

तनहुँ उद्योग वाणिज्य संघमा आवद्ध जिल्लाका बजार इकाईको अधिवेशन शुरु गरिएको छ । संघमा आवद्ध इकाई अन्तरगत सोमबार डुम्रे, विमलनगर र सत्रसय बजार इकाईको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेका छन् । संघको डुम्रे बजार इकाई समितिको ११औं अधिवेशन तथा २३ साधारण सभाले राजेश श्रेष्ठ (राजु)को सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । इकाईको उपसभापतिमा हेमलाल भिके, कोषाध्यक्ष पुष्प प्रधान निर्वाचित भएका छन् ।

त्यस्तै इकाईको सदस्यहरुमा महेन्द्र शाही, प्रेम कुमार श्रेष्ठ, लक्ष्मण जोशी, मनसरिफ मियाँ, अर्जुन श्रेष्ठ, दिपककुमार श्रेष्ठ, जिल्ला प्रतिनिधि आशिक कुमार जोशी, राम जोशी निर्वाचित भएका छन् । इकाईको उपसभापतिमा हेमलाल भिके र राजेश पिया बीच र कोषाध्यक्ष पदमा पुष्प प्रधान र कुलेन्द्र गौतम बीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

नेक महमद मियाँको सभापतित्वमा आयोजित अधिवेशन समारोहमा बन्दिपुर-१ का वडाध्यक्ष भानुभक्त पोख्रेल, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, निर्वाचन मण्डलका संयोजक राजकुमार श्रेष्ठ राकु लगायतका वक्ताहरुले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै सम्पूर्ण व्यवसायिहरुको हकहितमा काम गर्न आग्रह गरेका थिए ।

यस्तै, विमलनगर बजार इकाईको सोमबार सम्पन्न २५औं साधारण सभा तथा ११औं अधिवेशनले वरुण भट्टराइको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । इकाईको उपसभापतिमा सुरज जोशी, सचिव रामेश्वर लामिछाने, कोषाध्यक्ष रिता तिवारी चयन भएका छन् भने सदस्यहरुमा विश्वनाथ भट्टराइ, प्रजातन्त्र कमल थापा, रुपा विक, संजिव श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

नवनिर्वाचित इकाईका सभापति लगायतको कार्यसमितिलाई तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, इकाई सभापति गणेश तिवारी लगायतले शुभकामना दिएका थिए । त्यस्तै, संघको सत्रसय बजार इकाईले पनि यासिर मियाँको सभापतित्वमा र्सवसम्मत रुपमा इकाईको नयाँ कार्यसमिति चयन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker