नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेश समितिको बैठक आदिकवि भानुभक्त क्याम्पसमा

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा नेपाल पब्लिक क्याम्पस संघ, गण्डकी प्रदेश समितिको बैठक गरिएको छ । बैठकमा संघका पूर्व अध्यक्ष प्रेमनारायण अर्याल पोखरा बिश्वविद्यालयको उपकुलपति नियुक्त हुनुभएकोमा संघका पूर्ब अध्यक्ष एवं ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने र आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष ब्राहृमदत्त तिमल्सेनाले सम्मान तथा बधाई ज्ञापन गरेका थिए ।
बैठकमा उपकुलपति प्रा.डा. अर्यालले सामुदायिक क्याम्पसका बिकासका मुख्य ब्याबधानको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्ष न्यौपानेले सामुदायिक क्याम्पसको शैक्षिक, आर्थिक र भौतिक सवलिकरणका उपायका विषयमा चाल्नुपर्ने कदमका विषयमा चर्चा गरेका थिए ।
समितिका अध्यक्ष महाप्रसाद हड्खलेको अध्यक्षतामा आयोजित अन्तरक्रियामा उच्च शिक्षाबिद एवं गण्डकी बिश्वविद्यालय सम्भाब्यता अध्यन कार्यदलका अध्यक्ष डा. तिर्थ थापा, संघका पूर्व केन्द्रीय कोषाध्यक्ष झपेन्द्र भुषाल र केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं जनप्रीय क्याम्पस पोखराका प्रमुख बिरन्जि गौतम लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
त्यस्तै, बैठकमा समितिका उपाध्यक्ष तथा संघका कास्की जिल्ला अध्यक्ष तथा जनप्रकाश क्याम्पस पोखराका प्रमुख ऋषि बुढाथोकी, समितिका सचिव एवं द्रव्यशाह बहुमुखी क्याम्पस गोर्खाका प्रमुख रामचन्द्र दवाडिको उपस्थितिमा भएको बैठकले आगामि फागुनमा प्रदेशका सामुदायिक क्याम्पसको ब्याबस्थापनको सवलिकरणका विषयमा गोष्ठी आयोजना गर्ने र आगामी बैठक बाग्लुङमा बस्ने निर्णय गरेको छ । बैठकमा नवलपुर, लमजुङ, गोर्खा, तनहुँ, कास्की र बाग्लुङ जिल्लाका संघको जिल्ला समितिका अध्यक्ष लगायत प्रतिनिधिहरु, क्याम्पस प्रमुख र प्राध्यापकहरुको सहभागिता रहेको बताइएको छ ।










