गण्डकीको बजेट ३५ अर्ब ९० करोड (पूर्णपाठ सहित)

गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३५ अर्ब ९० कराेड रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेशसभा सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले उक्त रकम बराबरको बजेट पेस गरेका हुन् ।

कुल बजेटमध्ये चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६.९५ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री बरालले जानकारी दिए । पुँजीगततर्फ सरकारले ६१.६६ प्रतिशत बजेट विनियोजन गरेको छ ।

यस्तै, वित्तीय व्यवस्थातर्फ ५० करोड (१.९३ प्रतिशत), स्थानीय तहमा वित्तीय हस्तान्तरण २ अर्ब ११ करोड १० लाख (५.८८ प्रतिशत) छुट्याइएको छ ।

आगामी आर्थिक वर्षमा सञ्चित कोषमाथि १ करोड ८८ लाख रुपैयाँ व्ययभार पर्ने अनुमान गरिएको छ । सरकारले ल्याएको उक्त बजेटमध्ये संघ सरकारले दिएको वित्तीय समानीकरण अनुदान ७ अर्ब ९२ करोड ७९ लाख, राजस्व बाँडफाँट ९ अर्ब २३ करोड, ससर्त ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदान ८३ करोड ७० लाख र विशेष अनुदान ८६ करोड समावेश गरिएको छ ।

सरकारले आन्तरिक राजस्व ५ अर्ब ९ करोड उठाउने लक्ष्य लिएको छ भने, रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको मन्त्री बरालले जानकारी दिए ।

चालु आर्थिक वर्षमा २ अर्ब ७१ करोड नगद मौज्दात बाँकी रहने र अपुग २ अर्ब ऋण लिइने उनले जानकारी दिए । आगामी आर्थिक वर्षमा सरकारले १ अर्ब आन्तरिक ऋण र १ अर्ब नेपाल सरकारबाट ऋण लिइने मन्त्री बरालले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker