चितुवाले खाने आहारा र पानीको स्रोत मासिदा द्वन्द्व बढ्यो

भञ्ज्याङ समाचारदाता (दमौली)

जंगलमा चितुवाले खाने आहारा प्रजाति कम हुँदै जानु र पानीका स्रोतहरु मासिएकाले चितुवा मानवबस्तिमा आउने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताएका छन् । कार्यालयले सोमबार पत्रकारहरुबीच वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतना मुलक गोष्ठीमा उक्त कुरा बताएका हुन् ।

वन्यजन्तुको संरक्षणका लागि सञ्चारकर्मीले खेल्न सक्ने भूमिकाका विषयमा चर्चा गर्दै प्रमुख काफ्लेले भानुका जंगलमा चितुवाले खाने आहारा प्रजाति र पानीको स्रोत मासिएकाले चितुवा मानवबस्तिमा आउने गरेको बताए। ‘भानु नगरपालिकाका सामुदायिक वन क्षेत्रमा क्यामेरा जडान गरी गरिएको अध्ययनका क्रममा वन क्षेत्रमा चितुवाको आहारा प्रजातिका वन्यजन्तु नभेटिएको तर चितुवाको संख्या बढि देखिएको छ’, प्रमुख काफ्लेले भने, ‘जंगलमा चितुवाको आहारा प्रजाति बढाउँदै जंगलमै पानीको व्यवस्था गर्न सकियो भने चितुवाको आक्रमण घटाउन सकिन्छ ।’

कार्यालयले अहिले स्थानीय सामुदायिक वन उपभोक्ता समितिलाई वन्यजन्तुको महत्व र संरक्षणका साथै वन्यजन्तुमैत्री क्रियाकलाप कसरी गर्न सकिन्छ भन्ने विषयमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उनले जंगलमा पानीपोखरी निर्माण तथा पानीका स्रोत संरक्षणका लागि सम्बन्धित निकायलाई सञ्चारकर्मीले घचघच्याइदिन आग्रह गरे ।

वन्यजन्तु संरक्षणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रमुख काफ्लेले चितुवा मारेर वा पासोमा पारेर मात्रै समस्या समाधान नहुने बताए । ‘मानव र वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नु नै उत्तम उपाय हो’, उनले भने, ‘वन्यजन्तुको संरक्षण गर्नु अपरिहार्य छ । यसका लागि हामी आफै सचेत बन्दै वन्यजन्तु र वातावरणमैत्री क्रियाकलापलाई ध्यान दिनुपर्दछ ।’

प्रमुख काफ्लेले वन्यजन्तु संरुक्षणका लागि कार्यालयले अवलम्बन गरिरहेको प्रयासका विषयमा सहजिकरण गर्दै पृथ्वीमा रहेका हरेक वन्यजन्तुको बाँच्न पाउने अधिकार रहेकाले वन्यजन्तुको संरक्षण गर्नुपर्ने बताए । उनले भने, ‘धर्तीलाई उपयुक्त राख्न सबै जीवजन्तुको उत्तिकै योगदान रहेको हुन्छ । धर्ती बनाउने काम जीवजन्तुले गरेपनि बिगार्ने काम मानिसले गर्दै आएका छौं । मानिसको कारण वातावरण बिग्रदै गएको र सोही कारण वन्यजन्तु नाश हुने क्रम पनि बढेको छ।

यस्तै, जलवायु परिवर्तनका कारण पृथ्वीमा विभिन्न समस्याहरु देखिन थालेको चर्चा गर्दै स्वच्छ वातावरणका लागि वनको उचित व्यवस्थापन तथा उपभोग गर्नुपर्ने उनले बताए । पछिल्लो समय तनहुँमा चितुवाको आतंक बढ्ने गरेको र चितुवाको आक्रमणबाट धेरै बालबालिकाले ज्यान गुमाइसकेका छन् । वन्यजन्तुको संरक्षण गर्दै मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पनि सञ्चारकर्मीले कलम चलाउनु प्रमुख काफ्लेले सुझाएका छन् । वन्यजन्तुको आनीबानी थाहा पाउँदै यसबाट बच्न सकिने उपायका बारेमा प्रभावित क्षेत्रका बासिन्दाले आफ्नो गतिविधि अगाडि बढाउनुपर्ने उनले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker