तउवा संघ दमौली बजार इकाईको सभापतिमा भूपाल निर्वाचित (निर्वाचितको मत संख्या सहित)
भञ्ज्याङ न्यूज
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ समितिको सभापतिमा भुपाल आले निर्वाचित भएका छन् । इकाई सभापतिको आकांक्षि चार जना बीच शनिबार भएको मतदान मार्फ आले निर्वाचित भएका हुन् ।
दमौलीका व्यवसायीहरूको छाता संघठन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ समितिको नयाँ नेतृत्व चयनका लागि कुल ८३५ मत खसेको थियो । उक्त मतमध्ये सभापतिमा विजयी आलेले २७२ मत प्राप्त गरेको निर्वाचन समिति सदस्य भीमलाल श्रेष्ठले जानकारी दिए ।
यस्तै, सभापतिका अर्का प्रत्यासी सुक नारायण मल्लले २२८ मत प्राप्त गरेका छन् भने, अर्का प्रत्यासी दधिराज घिमिरेले २०९ मत प्राप्त गरेका छन् । सभापतिका अर्का प्रत्यासी विन्दुलाल श्रेष्ठले १०३ मत मात्र प्राप्त गरेका थिए ।
इकाईको उपसभापतिमा अत्यधिक मतका साथ राजेश मल्ल निर्वाचित भएका छन् । मल्लले र्सवाधिक ५४१ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी विजय पौडेलले १९५ मत मात्र प्राप्त गरेका छन् ।
इकाईको कोषाध्यक्ष पदमा किन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । विजयी श्रेष्ठले २५८ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका प्रत्यासी अन्जु दाहालले २०५ मत प्राप्त गर्दा अर्का प्रत्यासी भरतकुमार श्रेष्ठले २३९ मत प्राप्त गरे भने कोषाध्यक्षका अर्का प्रत्यासी हर्षान श्रेष्ठले ८६ मत मत्र प्राप्त गरेका छन् ।
इकाईबाट जिल्ला प्रतिनिधिमा निर्वाचित महेश मल्लले ६०९, रमेश श्रेष्ठल ५४४, एकप्रसाद श्रेष्ठल ५४९, किशोर श्रेष्ठले ५३६ र प्रकाशचन्द्र हड्खलेले ५२६ मत प्राप्त गरेका छन् ।
यस्तै, इकाई सदस्यमा निर्वाचित भरत पराजुलीले ४९४, विष्णुकुमार श्रेष्ठल ५२८, ब्रजेश शाहले ५५९, दिलबहादुर दरैले ६०५, दीपक र्राईले ४४८, कमल गिरीले ५३३, लालप्रसाद प्रधानले ५१५, महमद सलिम मियाँले ६०८, नारायण मल्लले ५८१, प्रकाश श्रेष्ठले ५६९, राजेन्द्र श्रेष्ठल ५१९, राजकुमार श्रेष्ठले ५२९, सुनिल श्रेष्ठले ५७६ र युवराज भण्डारीले ४९० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।