पशुपालक कृषकलाई यन्त्र तथा उपकरण

तनहुँको म्याग्दे गाउँपालिका पशु सेवा उपशाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत दिगो पशुपालन तथा कार्य यन्त्रीकरणको लागि ४१ जना कृषकहरुलाई पचास प्रतिशत अनुदानमा यन्त्र तथा उपकरण प्रदान गरिएको छ ।

कार्यक्रम अन्तर्गत लागत मूल्य कायमपछि कृषक आफैले खरिद गरी ल्याएको ६४ वटा काउम्याट, १४ वटा च्याप कटर, नौवटा ब्रस कटर र चारवटा ग्रेन्डर मेसिन कृषकलाई उपलब्ध गराइएको छ । तस्विर : भञ्ज्याङ











