मानवअधिकार वर्ष पुस्तकका लागि संकलित घटनाहरुको समिक्षा

भञ्ज्याङ न्यूज

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२३ को लागि संकलित घटनाहरुको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा अन्तरक्रिया गरिएको छ । वर्ष पुस्तकको लागि संकलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव संकलन गर्ने उद्देश्यले इन्सेक तनहुँले मंगलबार दमौलीमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भानु शर्माले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताए । मानवअधिकारको संरक्षण र सम्बर्द्धनका लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आईरहेको भन्दै उहाँले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताए।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सचिव राजेश्वर ढकालले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताए । इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार बन्ने गरेको बताए ।

इन्सेकको प्रतिबेदनले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उनले मानव अधिकारको विषय विश्वव्यापी र सबैकोलागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने र मानव अधिकार हननका घटना निरुत्साहित गर्न पार्टीको तर्फाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए।

यस्तै, नेपाली काँग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले मानवअधिकारको घटना कसैले नचाहेर हुनेहुँदा कसैले पनि यसप्रति पुर्वाग्रह राख्न नहुने बताए । राज्यको नीतिमा विभेद भएको हुँदा त्यो विभेद हटाउन आवश्यक रहेको बताए । नेपाल बार एसोसियसनको मानवअधिकार तथा जनसरोकार समितिका संयोजक सरिता थापा भण्डारीले शिक्षा, स्वास्थ्य र खाद्यका विषयलाई पनि मानवअधिकार वर्षपुस्तकमा समावेश गर्नु पर्ने बताईन् । अदालतमा विचाराधिन मुद्दाको विषयमा मानवअधिकार वर्षपुस्तकमा राख्न नहुने उनको भनाई थियो ।

मानव अधिकार निगरानी समुहका सदस्य श्रीराम कंडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल लगायतले मानवअधिकारको सवाल धेरै फराकिलो भएको भन्दै इन्सेकले जिल्लाको मानवअधिकारको अवस्थाको प्रतिबेदनले सहयोग पुग्ने गरेको बताए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराइले सन २०२२ को ६ महिनामा तनहुँ जिल्लाको मानव अधिकारको अवस्था तथा मानव अधिकार वर्ष पुस्तकको लागि संकलित घटनाहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस अवधिमा तनहुँमा भएका ६१ वटा मानव अधिकार हननका घटनाहरुको विवरण र्सार्वजनिक गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker